Wed Jun 29 2022
देश

सुमो ठक्करबाट महोत्तरीमा २ जनाको मृत्यु

जनकपुरधाम । महोत्तरीमा सुमो गाडीको ठक्करबाट गौशाला नगरपालिका २ का २२ वर्षीय सञ्जित मण्डल र सम्सी गाउँपालिका १ पर्साका १२ वर्षका धिरज मण्डलको मृत्यु भएको छ ।

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

औरही नगरपालिका ४ कठुधारस्थित माइस्थानमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र–०२–००१ च।०८४१ नम्बरको सुमो गाडी ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका उनीहरुको जलेश्वर अस्पतालमा उपचारका क्रममाः गए राति मृत्यु भएको हो ।

दुवैको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नावय उपरीक्षक प्रकाश विष्टले बताए ।