जोडिनुहोस
  • होमपेज
  • टी-२० विश्वकपको एसिया क्षेत्रको छनोट आजदेखि, नेपालको सामना सिंगापुरसँग

टी-२० विश्वकपको एसिया क्षेत्रको छनोट आजदेखि, नेपालको सामना सिंगापुरसँग

काठमाडौँ । आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटको खेल आजदेखि काठमाडौँमा शुरु हुदै छ ।

प्रतियोगिता अन्तर्गत आज चार खेल हुदै छन् । आज समुह ए मा रहेको नेपालले सिंगापुरसँग सामना गर्दै छ । यो खेल टियु क्रिकेट मैदानमा आज बिहान ९ बजेदेखि शुरु हुदै छ । त्यस्तै आजै समुह ए कै ओमान र मलेसियाबीच अपराहन्न १: १५ बजेदेखि टियु मैदानमै हुने छ ।

त्यसैगरी आज समुह बि का युएई र बहराइनबीच मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि शुरु हुदै छ भने समुह बि अन्तर्गतकै अर्को खेल मुलपानी क्रिकेट मैदानमै हङकङ र कुवेतबीच हुदैछ ।

आगामी अक्टोबर ३० देखि नोभेम्बर ६ सम्म अर्थात कार्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा नेपाल समुह ए मा रहेको छ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।

नेपालले पहिलो खेल कार्तिक १३ गते सोमबार सिंगापुरसँग खेल्ने छ भने दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने भएको छ ।

नेपालमा हुने विश्वकप छनोटका फाइनलमा पुग्ने दुई देश आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनौट हुने छन् । नेपाल यसअघि पहिलो पटक २०१४ को टी- २० विश्वकप खेलेको थियो । यस अघि टी-२० विश्वकपमा १६ द्देश खेल्दै आएकोमा २०२४ को विश्वकपमा २० देशले सहभागिता जनाउदै छन् ।

एशिया क्षेत्रको टी-२० विश्वकप खेल्ने नेपाली टीममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), बिनोद भण्डारी (विकेट किपर), कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतिश जिसी, बिबेक यादव, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका