जोडिनुहोस
  • होमपेज
  • पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी विष्फोट

पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी विष्फोट

सन् १८१५ अप्रिलमा इन्डोनेसियाको माउन्ट ताम्बोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएका छ।

ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन। यस विस्फाटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह स् ‘ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो। खरानीको बादल जसैजसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाशनै छेक्यो।

जसले गर्दा पृथ्वीको तापव्रmम घट्न थाल्यो र करिब तीन डिग्री तापक्रम कम भयो। तापक्रम कम भएका कारण अर्को वर्ष मौसमको स्वरूपमा ठूलो फेरबदल हुन पुग्यो। भारतमा ताम्बोरा विस्फोटका कारणले गर्दा कतै सुक्खा त कतै बाढीले बङ्गालको खाडीको पारिस्थितिक प्रणाली नै परिवर्तित भयो।

त्यस नौलो परिस्थितिले हैजाको नयाँ नस्ल विकास भई लाखौँ मानिसले ज्यान गुमाउनु परेको थियो। युरोपमा मुसलधारे वर्षा र निरन्तर अत्यधिक चिसोले अकाल पर्‍यो तथा सामाजिक अशान्ति मच्चियो।

अमेरिकामा जुन महिनामै केही राज्यमा ठूलो हिमपात भई बालीनालीमा व्यापक क्षति भएर आर्थिक अवस्था डामाडोल भयो। न्यू इङ्ग्ल्यान्डका बासिन्दाले पछि १८१६ लाई उपनाम दिए, ‘एट्टिन–हन्ड्रे ड–एन्ड–फ्रो ज–टु–डे थ’। तर त्यो समस्या धेरै पछि आएर ‘ग्रीष्म ऋतुबिनाको वर्ष’ कहलियो।

मौसमसम्बन्धी व्यवधानले केही असामान्य नतिजासमेत देखियो। जसको लाभ मानव समुदायलाई भयो। असामान्य मौसमको प्रभावले गर्दा युरोपमा घोडाको चारा धेरै वृद्धि भएको थियो। घोडा पाल्न नसकिने भएपछि जर्मनीका आविष्कारक कार्ल ड्रेइस साइकल बनाउन प्रेरित भएको विश्वास गरिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका