Wed Jun 29 2022
खेलकुद

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ं ले जनाएको छ ।

एन्फा नेपालले थाइल्यान्ड र एक स्थानिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको हो ।

एन्फाका अनुसार नेपालले २७ मार्चमा थाइल्यान्डको पुरुष राष्ट्रिय टोलीसँग तथा २७ मार्चमा थाइल्यान्डको चोनबुरी एफसीसँग खेल्ने तय भएको छ । दुवै खेल थाइल्यान्डको चोनबुरीमा हुनेछ ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यसअघि नेपालले २९ जनवरी र १ फेब्रुअरीमा अफ्रिकी राष्ट्र मौरिसससँग खुई मैत्रीपूर्ण खेल खेलेको दुवै खेलमा नेपालले समान १–० को जित निकालेको थियो ।