Tue Jun 28 2022
देश

बलात्कार आरोपित पल शाहलाई अनुसन्धानका लागि नवलपुर लगियो

काठमाडौं । बलात्कार आरोपित नायक पल शाह (पूर्णविक्रम शाह)लाई अनुसन्धानका लागि मंगलबार नवलपुर लगिएको छ ।

नवलपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप गिरीका अनुसार नाबालिग बलात्कार अभियोगमा अनुसन्धान गर्न तनहुँबाट पललाई नवलपुर लगेको नवलपुर हो ।

१७ वर्षीय नाबालिग गायिकालाई पटकरपटक बलात्कार गरेको भन्दै पलविरूद्ध तनहुँ र नवलपुर प्रहरीमा पीडित परिवारले उजुरी दिएका थिए ।

नवलपुर प्रहरीमा दिएको उजुरीमा नाबालिग गायिकालाई गीतको म्युजिक भिडिओ सुटिङका क्रममा पलले गत चैत ७ गते गैंडाकोटमा बलात्कार गरेको उल्लेख छ ।

उजुरीमा आरोपित पलले एकै दिनमा सकिने म्युजिक भिडिओ सुटिङको काम लम्ब्याएर दुई दिन लगाएको र होटलमा मादक पदार्थ खुवाएर बलात्कार गरेको उल्लेख छ ।

पीडित नाबालिगका तर्फबाट परिवारले फागुन १६ गते नवलपुर प्रहरीमा उजुरी दिएका थिए । त्यही दिन पीडित नाबालिगको भरतपुरमा स्वास्थ्य परीक्षण गरेको नवलपुर प्रहरीले जनाएको छ।

तनहुँ र नवलपुरबाट एकैसाथ अनुसन्धान अघि बढाएको नवलपुर प्रहरीले जनाएको छ । नाबालिगले तनहुँ प्रहरीमा गत ११ गते पलविरूद्ध बलात्कार उजुरी दिएका थिए । उजुरी परेपछि फरार पल फरार पल १५ गते तनहुँ प्रहरीसमक्ष पुगेर आत्मसमर्पण गरेका थिए ।