Sun Jun 26 2022
देश

बोक्सीको आरोपमा चरम यातना भोगेकी महोत्तरीकी मरनी देवी बनिन् ‘साहसी महिला’

धनुषा । बोक्सीको आरोपमा चरम यातना भोगेकीलाई ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा साहसी महिलाकोरुपमा सम्मानित भएकी छिन्।

महोत्तरीको मटिहानी नगरपालिका–९ सिमरदहीकी देवीलाई सोमबार मटिहानी नगरपालिकाले उनलाई सम्मान गरेको हो ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मरनीलाई साहसी महिलाकोरुपमा दोसल्ला अढोएर ५० हजार नगदसहित सम्मान गरेका हुन् ।

मरनीलाई ३० साउन २०५८ सालमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाई कटपिट गरी गम्भीर घाइते उनलाई प्रहरीको उद्धारबाट बाँचेकी थिइन् ।

उनी त्यसपछि बोक्सी आरोपविरुद्ध जनचेतना फैलाउँदै हिँडेकी छन् । अन्धविश्वास तथा रुढिवादी परम्पराविरुद्ध लड्न समाजमा जागरुकता पैदा गर्ने अभियानमा सक्रिय भएर लागेकी हुन् ।