Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

युक्रेनको सूमीमा हवाई हमला, दुई बच्चासहित ९ जनाको मृत्यु

एजेन्सी । युक्रेनको सूमीमा भएको बमबारीमा परी ९ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

यसबारे समाचार एजेन्सी एएफपीले उद्धारकार्यमा संलग्न अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । सूमीमा जारी हवाई बमबारीका कारण थुप्रै घर ध्वस्त भएका छन् भने एक भवनमा भयानक आगलागी समेत भएको जनाइएको छ । किभको पश्चिमस्थित ज्योतिमिरको चेरनियाखिवको एक तेल डिपोमा लागेको आगो मंगलबार बिहान निभाइएको छ ।

पूर्वी युक्रेनको खारकिभमा जारी रुसी हमलामा एक ९ तले भवनमा आगलागी भएको छ । यो आगो निभाउन करिब चार घण्टाभन्दा बढी समय लाग्यो । यस्तै, चार जनाको मृत्युको खबर पनि छ ।

हमलामा ९ जनाको मृत्यु भएको छ जसमा दुई बच्चा पनि समावेश छन् । भने हमलामा एक महिला घाइते भएकी छिन् । सूमी त्यहि इलाका हो जहाँ करिब ७ सय भारतीय विद्यार्थी फसेका छन् ।