Sun Jun 26 2022
देश

भारतमा बेचीएका ५ चेलीको कथा लेखिएको पुस्तक ‘नो लङगर अनटेबल’ राष्ट्रपतीद्वारा सार्वजनिक

काठमाडौं – अमेरिकी लेखक सारा डेभिल्सन ट्रेसीले लेखेको किताव ‘नो लङगर अनटेबल’ रास्ट्रपती बिध्यादेवी भण्डारीले सार्बजनिक गरेकि छन् । बादी समुदायका पाँच महिलाहरुको कथा समेटीएको पुस्तकको अंग्रजी प्रकाशन रास्ट्रपती भवन शितल निवासमा आयोजित एक कार्यक्रमका बिच रास्ट्रपती भण्डारीले सार्वजनिक गरेकि हुन् ।

पुस्तक सार्वजनिक समारोहमा बोल्दै रास्ट्रपती भण्डारीले छुवाछुत र मान बेचविखनलाई इतिहास बनाउन संसारभरका मानिस एकजुट हुनु पर्ने बताइन् । मानव बेचविखन संसारकै साझा समस्या भएको छ नेपालमा पनि यो वप्त रहेकाले समस्या समाधान गर्न सरकार र संघसंस्थाले एक साथ काम गर्न पर्ने कुरामा राष्ट्रपती भण्डारीले जोड दिएकि थिइन् ।

पश्चिम नेपालका बिभिन्न जिल्लाबाट भारतका बिभिन्न सहरहरुमा बेचीएका र उद्दार भइ पुनस्थापीत ५ महिलाको कथा सो पुस्तकमा समेटिएको लेखक साराले बताएकि छन् । पुस्तकमा कबिता बादी,देबीसारा हन्ना बादी,सरिता परियार,रुथ बादी र सुकमाया बादीको कथाहरु समेटिएको छ ।

कार्यक्रममा बोल्दै पुस्तकमा समाबेश गरीएकी एक पात्र देबीसरा हन्ना बादीले आफुले आखै अगाडी देखेका र भोगेका दिनहरु पुस्तकका रुपमा आफ्ना अगाडी आउदा खुसी लागेको बताइन् । साथै उनले आज पनी एक प्याकेट बिस्कुटमा शरीर बेचीरहेका दिदीबहिनीको पुनस्थापनामा सरकारलाई झकझकाइदिन रास्ट्रपति समक्ष अनुरोध समेत गरेकि छन् ।