जोडिनुहोस
  • होमपेज
  • ३ दिनदेखि स्थानीय तहका वेबसाइटमा समस्या

३ दिनदेखि स्थानीय तहका वेबसाइटमा समस्या

तीन दिनदेखि देशभरको विभिन्न स्थानीय तहको वेबसाइटहरुमा समस्या देखिएको छ ।सोमबारदेखि स्थानीय तहका वेबसाइटहरुमा समस्या देखा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वेबसाइटहरु नखुल्ने, सर्भर नै डाउन हुने लगायतका समस्या देखिएको हो ।

पहिलो दिन वेबसाइट डिस्प्ले भएपनि एडमिनमा अपलोड गर्न नमिल्ने समस्या देखा परेको मन्त्रालयको भनाइ छ । मंगलबार भने देशभरका अधिकांश स्थानीय तहका वेबसाइट पूर्ण रुपमा समस्या देखा परेको छ ।

बुधबार केही स्थानीय तहको वेबसाइट खुलेपनि धेरैजसो वेबसाइट बन्द कै अवस्थामा रहेका छन् । ‘वेबसाइट नचल्दा जनतालाई जानुपर्ने सूचनाहरु ठप्प भएका छन् । अनुदान वितरणसम्बन्धी सूचना, विज्ञापनसम्बन्धी सूचना सहित अन्य महत्वपूर्ण सूचनाहरु अपलोड गर्न सकिएको छैन,’ मकवानपुरको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले भने ।

‘हाम्रो जस्तो नगरपालिकामा देनिक पत्रिका भन्दा नगरपालिकाकै वेबसाइटमा धेरै सूचनाहरु आउँछन् । तर, जनता त्यसबाट बञ्चित भइरहेका छन्, फोन गरेर वेबसाइट किन नचलेको भन्दै सोध्नेहरु पनि छन्,’ भुजेलले भने ।

पालिकाहरुमा पनि समस्या भइरहेको वेबसाइटहरुको मुख्य सर्भर रहेको मन्त्रालयले जनाएको छ ।

‘स्थानीय तहका साइटहरुमा प्राविधिक समस्या आएर वेबसाइट नचलेको हो, हाम्रो प्राविधिक टोलीले काम गरिरहेको छ । केही स्थानीय तहमा चल्न थालिसकेको छ,’ मन्त्रालयका सूचना प्रविधि शाखाका उपसचिव अश्विन कुमार पोखरेलले  भने ।

उनले अधिकांश स्थानीय तहको साइट बुधबार बेलुकासम्म चल्ने बताउँदै आइतबारसम्म देशभरमै समस्या नहुनेगरी प्राविधिक टोलीले काम गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका