Wed Aug 17 2022
खेलकुद

कुशलको वरीयतामा पुनः सुधार

कुशल भुर्तेलको आईसीसी टी–ट्वान्टी वरीयतामा सुधार भएको छ । आईसीसीको पछिल्लो वरीयताक्रम अनुसार ब्याटिङतर्फ कुशल दुई स्थानमाथि उक्लदै २९ औं स्थानमा पुगेका छन् ।

यस अघि उनी ३१ औं स्थानमा रहेका थिए । ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरी भने ५१ औं स्थानमा यथावत रहेका छन् ।

बलिङतर्फ लेग स्पीनर सन्दीप लामिछाने एक स्थान तल झरेका छन् । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप ३६ औं स्थानबाट ३७ औं स्थानमा झरेका छन् ।

बलिङतर्फ नै अविनाश बोहरा भने ८२ औं स्थानबाट एक स्थान माथि ८१ औं स्थानमा पुगेका छन् ।