जोडिनुहोस
  • होमपेज
  • टी–२० विश्व कप छनोटः ओमानसँग नेपाल ५ रनले पराजित

टी–२० विश्व कप छनोटः ओमानसँग नेपाल ५ रनले पराजित

काठमाण्डौँ। आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा ओमानसँग नेपाल ५ रनले पराजित भएको छ । ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएर अल आउट भएको हो ।

यता कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो । नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २÷२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक÷एक विकेट लिए ।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान रोहित पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२१२ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए ।

ओमानसँग पराजित भएसँगै नेपाल समूह उपविजेता बनेको छ । नेपालले सेमिफाइनल यूएईसँग खेल्ने छ । भोलि हुने खेलमा यूएईलाई हराए नेपाल टी–२० विश्वकपमा छनोट हुने छ । यूएईले बिहीबार हङकङलाई पराजित गर्दै समूह बी को विजेता बनेको छ।

नेपाल र यूएईबीच भोलि शुक्रबार बिहान ११ बजे मूलपानी मैदानमा हुनेछ। यो खेलमा जित हात पार्ने टीम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ। सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाललाई १० वर्षपछि अर्को अवसर छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका