Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको राष्ट्रपतिमा युन सुक यओल निर्वाचित

काठमाडौं । दक्षिण कोरियामा बुधबार सम्पन्न राष्ट्रपतिय निर्वाचनबाट विपक्षी पिपुल्स पावर पार्टीका नेता युन सुक यओल राष्ट्रपति निर्वाचित हुनुभएको छ ।

पूर्व महाअभियोजनकर्ता समेत रहेका ६१ बर्षिय युनले सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जाय म्योङ्गलाई झिनो मतान्तरले हराउँदै राष्ट्रपति निर्वाचित हुनुभएको हो ।

युनले ४८ दशमल ५६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने म्योङ्गले ४७ दशमल ८३ प्रतिशत मत पाउनु भएको थियो । कन्जरभेटिभ विचारधाराका युन कोरियाली प्रायद्विपमा शान्ति र एकताका पक्षधर हुनुहुन्छ ।

वर्तमान राष्ट्रपति मुन जाय इनको कार्यकाल आगामी मे मा सकिएपछि युनले कार्यभार सम्हाल्नु हुनेछ । कोरियामा पछिल्लो समय घट्दो जन्मदर, आवास क्षेत्रमा बढ्दो महँगी र सामाजिक असमानता जस्ता विषय नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण रहने छन् ।