काठमाडौँ । संखुवासभामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ ।
धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरको ुरेसम फिरिरीु बस मादी नगरपालिका(६ सातघुम्तीमा बिहान ७ बजे दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको संखुवासभा प्रहरी प्रमुख डिएपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
उद्दारको काम जारी रहेको उनको भनाइ छ । सुवेदीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ ।
बसमा कति जना सवार थिए भन्ने यकिन भइसकेको छैन । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
घाइतेहरूको चैनपुरमाा उपचार हुँदैछ ।