Sun Jun 26 2022
देश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क राखेको थियो ।

यसअघि वैदेशिक रोजगारीका लागि विमानस्थलको श्रम डेस्कमा पुगेका कामदारलाई सहीछाप लगाउने नाममा अनावश्यक दुःख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।

मन्त्री श्रेष्ठकै निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र वैदेशिक रोजगार विभागको सूचना प्रणालीको एकीकरण सम्पन्न भएको भन्दै अध्यागमन विभागले अब त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले श्रम स्वीकृतिको विवरण आफै हेर्न सक्ने व्यवस्था गरिएकाले श्रम डेस्क हटाउन सुझाव दिएका थिए । ।

जसका लागि बुधबार मन्त्री श्रेष्ठ, श्रम सचिव एकनारायण अर्यालसहित मन्त्रालयका अधिकारीद्वारा अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर श्रम डेस्क हटाइएको हो ।