Wed Jun 29 2022
देश

सुनको सिक्री चोरेर भाग्ने दुई जना पक्राउ

गुलरीया । घाँटीबाट सुनको सिक्री तानेर (चोरेर) भाग्दै गरेको अवस्थामा बर्दिया प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

बुधबार साँझ ७ बजेको समयमा बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतलाबजार (हाटबजार)मा तरकारी किन्दै गरेकी महिलाको महिलाको घाँटीबाट सुनको सिक्री तानेर भागेका पर्साको रानीघाट नगरपालिका–२० बस्ने २१ वर्षीय राकेश सिंह राठौर र सोही ठाउँका १८ वर्षीय साहिल रायलाई प्रहरीले प्रक्राउ गरेको छ ।

पीडित महिला र स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

सुनको सिक्रीसहित पक्राउ परेका दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।