एजेन्सी । युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले बम प्रहार गरेको छ । बम प्रहारबाट कम्तिमा १७ जना घाइते भएका छन् ।
बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा ब्यापक क्षति पुर्याएको जनाइएको छ । अस्पताल भवन नजिकै खसेको बमले जमिनमा निकै ठूलो खाडल समेत बनाएको छ ।
रुसले अस्पतालमा समेत बम प्रहार गरेर मानवता विरुद्धको अपराध गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएकाछ छन् । उता, राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले अस्पतालमा भएको बम प्रहारलाई मानवता सम्बन्धी नियमको उल्लंघन भनेका छन् ।
बालबालिका र नवजात शिशुहरुको भविश्य समेत समाप्त पार्ने जस्ता विवेकहीन आक्रमण तत्काल रोक्न पनिउनले आग्रह गरे ।