Wed Jun 29 2022
खेलकुद

नेपाली क्रिकेट टीमले आज श्रीलंकाको पूर्व राष्ट्रिय खेलाडी सम्मिलित टीमसंग अन्तिम अभ्यास खेल खेल्दै

नेपालले आज अन्तिम अभ्यास खेलमा श्रीलंकाको पूर्व राष्ट्रिय खेलाडी सम्मिलित टिमसँग खेल्ने भएको छ । नेपालले चार अभ्यास खेल खेल्ने तालिका रहेको थियो । यसअघिनै नेपालले तीन अभ्यास खेल खेलिसकेको छ । अन्तिम अभ्यास खेल अन्तरगत मिश्रीत टोलीसंग खेल्न लागेको हो । नेपाल आईसीसी विश्कप लिग दूईको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको छ ।

भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको प्रथम श्रेणीको टिमसँग अभ्यास खेल खेल्न थालेको हो । नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने तालिका रहेको थियो । दूई खेल श्रीलंका नेभी र एक खेल श्रीलंका पुलिससंग खेलेको नेपालले अन्तिम अभ्यास खेल श्रीलंकाको मिश्रित खेलाडी टिमसँग खेल्न थालेको हो । अन्तिम अभ्यास खेलमा नेपालले श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

आज हुने खेलमा श्रीलंका मिश्रित टिममा पुर्व क्रिकेटर धमीका प्रशाद, सेकुगे प्रसन्ना, दिलरुवान परेरा, थिसरा परेरा, दिल्सान मुनावेरा, सन्दुन विरक्कोडे र उपल थरंगा रहने छन । श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छ । नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी पीएनजी विरुद्ध खेल्नेछ ।