जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशमा सहमतिको सरकार विस्तार हुन्छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशमा सहमतिको सरकार विस्तार हुन्छः मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहमतिको सरकार छिट्टै बन्ने बताएका छन् । अहिले आँफूले सहमतिको सरकार बनाउन छलफलमा व्यस्त भएका कारण प्रदेश सरकार विस्तारमा ढिलाई भएको तर मुख्यमन्त्री कार्कीले आफुलाई सरकार बनाउन सहयोग गरेकाहरुको एजेण्डा अनुसार नै चाडैँ प्रदेश सरकार विस्तार गर्ने बताएका छन् ।

मुख्यमन्त्री कार्कीलाई समर्थन गरेर सरकारमा गएको एमालेले सरकार गठनमा मुख्यमन्त्रीले ढिलाई गरेको आरोप लगाएको उनले बताएका छन् । नेकपा एमालेका नेता एवं कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लव अधिकारीले एमाललेलाई बाहिर राखेर निर्णय गर्ने कुरा सकरात्मक नहुने समेत बताए । समर्थन गरेको दलको सल्लाहका आधारमा सरकार गठन गर्नुपर्ने उनले बताएका छन् ।

मुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका ७ जना प्रदेश सांसद र नेकपा एमालेका ३९ जना सांसदहरुको र्समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । अहिलेसम्म सरकार विस्तार हुन सकेको छैन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका