Wed Aug 17 2022
देश

एमाले केन्द्रीय कमिटी बैठक बोलाइयो

काठमाडौं । पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । चैत ९ र १० गतेका लागि बैठक बोलाइको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार कमिटी बैठकअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्युरो बैठक छ । राजनीतिक दलहरु स्थानीय चुनाव लक्षित गतिविधिको तयारीमा जुटेको बेला एमालेको बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनका दलहरु मिलेर चुनाव लड्ने बताइरहँदा एमालेले भने एक्लै लड्ने बताउँदै आएको छ ।