Tue Jun 28 2022
देश

देश माओवादीकै इसारामा चलिरहेको छः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको बताएका छन् ।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् । त्यसैगरी स्थानीय तहको निर्वाचनसम्म हालको गठबन्धन रहिरहने दावी समेत गरे । त्यसैगरी उनले एमसीसीका कारण पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको बताएका छन् ।

प्रचण्डले एमसीसी पास भएपछि गठबन्धन झन मजबुद भएको बताएका छन् । ‘एमसीसीकै कारण देश दुर्घटनामा गएको भए धेरै चिज अफ्ठ्यारोमा पर्थे । जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ । हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो । यो प्रष्टसँग राख्न चाहान्छु ।’, प्रचण्डले भने ।