Sun Jun 26 2022
देश

साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउदै

काठमाडौं । साउदी अरबका परराष्ट्रमन्त्री अदेल बिन अहमद अल जुबेरले नेपाल भ्रमण गर्ने भएका छन् ।

उनले आगामी फागुन ३०देखि चैत १ गतेसम्म गर्ने भ्रमण गर्न लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ ।

नेपाल र साउदी अरब सरकारबीच हुने दुई पक्षीय हस्ताक्षरको पत्रको मस्यौदा बनाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने पनि निर्णय भएको छ ।