Tue Jun 28 2022
आर्थिक

यो साता १९.८६ अंकले बढ्यो नेप्से परिसूचक कारोबार रकममा भने कमि

काठमाडौं । यो साता नेप्से परिसूचक १९ दशमलव ८६ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ५४७ दशमलव ०४ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ५६६ दशमलव ९० विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७ अंकले बढेको छ ।

गत साता ४८८ दशमलव ८३ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४९३ दशमलव ५३ विन्दुमा पुगेको हो । यो साता कुल बजार पूँजीकरण रू। २९ अर्ब ९३ करोड १९ लाखले बढेको छ । गत साता रू। ३६ खर्ब ७ अर्ब ६० करोड ८० लाख रहेको कुल बजार पूँजीकरण यो साता रू। ३६ खर्ब ३७ अर्ब ५३ करोड ९९ लाख कायम भएको हो ।

यो साता गत साताको तुलनामा कारोबार रकम र कित्तामा भने कम भएको छ । गत साता रू। १० अर्ब ५५ करोड ४३ लाख ९९ हजार बराबरको २ करोड २५ लाख २७ हजार ६८२ कित्ता शेयर कारोबार भएकोमा यो साता रू। १० अर्ब २३ करोड ८३ लाख ६१ हजार बराबरको २ करोड १० लाख २५ हजार ८१ कित्ता शेयर कारोबार भएको हो ।

गत साता औषतमा रू। ३ अर्ब ५१ करोड ८१ लाखभन्दा बढीको कारोबार भएकोमा यो साता औषतमा रू। २ अर्ब ५५ करोड ९५ लाख बराबरको कारोबार भएको हो ।

यो साता विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । विकास बैंक समूहको परिसूचक यो साता सर्वाधिक ३ दशमलव ११ प्रतिशत बढेको हो । त्यस्तै यो साता होटल्स तथा पर्यटन समूहको १ दशमलव ५८ प्रतिशत, लगानी समूहको १ दशमलव ५२ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ८१ प्रतिशत, वित्त समूहको शून्य दशमलव ७६ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ६६ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ९४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ६५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ३६ प्रतिशत र अन्य समूहको शून्य दशमलव ७० प्रतिशत परिसूचक बढेको हो ।

यो साता व्यापारिक र जीवन बीमा समूहको परिसूचक भने घटेको छ । व्यापारिक समूहको परिसूचक १ दशमलव ७७ प्रतिशतले र जीवन बीमा समूहको शून्य दशमलव ६० प्रतिशत घटेको हो ।