जोडिनुहोस
  • होमपेज
  • भुकम्प पीडितलाई ५० लाख दिने कांग्रेसको घोषणा

भुकम्प पीडितलाई ५० लाख दिने कांग्रेसको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट भुकम्प पीडितका लागि उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी बनाएको जनाएको छ ।

यस समयमा सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर यो विपत्तिको सामना गर्न नेपाली कांग्रेस सबैमा अपील गरेको छ ।

‘यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले रु। ५०,००,०००।– ९पचास लाख० नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका