Tue Jun 28 2022
अन्तर्राष्ट्रिय

चिनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई ११ उडानबाट उद्धार गर्यो

एजेन्सी । चीनले युक्रेनबाट आफ्ना नागरिकलाई ११ उडानबाट स्वदेश फर्काइरहेको जनाएको छ । यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ पुगेको समाचारमा जनाइएको छ ।

सो जहाज स्थानीय समयानुसार आज बिहान ९ः५१ मा सो विमान चीनको जेजियान प्रान्तको हांचाउ विमानस्थलमा अवतरण हो । चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट ९ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइ सकिएको छ ।

युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् ।

युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरुले पनि फिर्ता लगिसकेको जनाएका छन् । रुसले युक्रेनमाथिको हमला अझै नरोकेकाले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसुस गरिरहेका छन् ।