Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

राष्ट्रपति बाइडनले भनेः अमेरिकाले युक्रेनको पक्षमा लड्यो भने ‘तेस्रो विश्वयुद्ध’ हुन्छ

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् । उनले आफ्नो सेनाले युक्रेनको पक्षमा लड्यो भने तेस्रो विश्वयुद्ध हुने चेतावनि समेत दिएको छ ।

अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ तेस्रो विश्वयुद्ध सुरु गरे सरह हुने बाइडेनको चेतावनी हो ।

युक्रेनले भने पश्चिमा देशहरूसँग पटक पटक नेटोमार्फत सैन्य सहायताको माग गरिरहेको छ । तर बाइडेन यसो गर्न नहुने बताइरहेका छन् । बाइडेनले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने अमेरिकी रणनीति रहेको समेत बताएका छन् ।

यद्यपि अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन् । जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको बिबिसीले उल्लेख गरेको छ ।