Sat Jun 25 2022
देश

भारतको सहयोगमा युक्रेनबाट ४ नेपालीको उद्धार

काठमाडौं । भारतीय सरकारको सहयोगमा युक्रेनबाट ४ नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको छ ।

उनीहरूलाई भारत हुँदै नेपाल ल्याइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली नागरिकलाई उद्धार गरेर ल्याएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

युक्रेनमा रुसले आक्रमण गरेको छ । युद्ध चलिरहेका बेला उद्धारको पर्खाइमा रहेका भारतीय नागरिकहरूलाई ल्याउने क्रममा भारतीय विमानमार्फत ४ नेपालीलाई पनि ल्याइएको हो ।

भारतले आफ्ना नागरिकलाई युक्रेनबाट उद्धार गर्नका लागि (अपरेशन गंगा) अभियान चलाएको छ ।