काठमाडौं । गत वर्ष २०७७ साल माघ मसान्तको तुलनामा यो एक वर्षको समयमा विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० अमेरिकी डलरले बढेको छ ।
गत वर्ष माघ मसान्तको तुलनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० डलरले बढेको हो । शनिबार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
खासगरी रुस र युक्रेन बीचको सैन्य भिडन्तले कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । रुस विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक र दोस्रो ठूलो निर्यातकर्ता हो ।
पेट्रोलियम पदार्थको उत्पादनमा रुसभन्दा अगाडि अमेरिका र साउदी अरेबिया मात्रै छन् ।