जोडिनुहोस
  • होमपेज
  • पूर्वसचिव अधिकारीविरुद्ध एक करोड ३१ लाख बिगोसहितको भ्रष्टाचार मुद्दा

पूर्वसचिव अधिकारीविरुद्ध एक करोड ३१ लाख बिगोसहितको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अर्यालविरुद्ध एक करोड साढे ३१ लाख विगो दाबीसहित आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आर्थिक वर्ष २०७५–७६ मा किसानलाई स्पेसिफिकेशन र सम्झौता विपरीत कम क्षमता र गुणस्तर नभएको मिनिटिलर तथा अन्य यन्त्र उपकरण वितरण गरेर भ्रष्टाचार गरेको भन्दै आयोगले आरोपपत्र दायर गरेको हो।

आरोपपत्रमा अधिकारीसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी पनि भ्रष्टाचारमा संलग्न भएको उल्लेख छ।

तत्कालीन प्रदेश सचिव अधिकारीले सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी नगराई भुक्तानीसम्बन्धी टिप्पणी सदर गरी सम्झौताबमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्रान्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरेको पाइएको छ।

उनलाई तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख ज्ञवाली, कृषि प्रसार अधिकृत राम्जाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक तिवारीले सहयोग गरेको अख्तियारको ठहर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका