नुवाकोट । आफ्नी ६५ वर्षीया आमाको हत्या गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।
नुवाकोट प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–१ नयाँबस्ती बस्ने ३३ वर्षीय भीमबहादुर बलामीलाई नुवाकोट प्रहरीलेपक्राउ गरेको । ६५ वर्षीया आामा कान्छी बलामीको हत्या गरेको आरोपमा प्रहरीले शनिबार राति भीम बहादुरलाई पक्राउ गरेको हो ।
भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका भीमबहादुरलाई हिरासतमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।