Mon Jun 27 2022
मनोरञ्जन

सरकारी वकिल सामू पलको बयान- ‘बलात्कार गरेको होइन, गुडनाइट भनेर फर्किएको हुँ’

काठमाडौं । एक १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान जारी छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ ।

उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको छ ।

पलविरुद्ध गैँडाकोटमासमेत उजुरी परेपछि उनलाई मंगलबार त्यहाँ लगिएको थियो । उनले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष बयानसमेत दिएका छन् । बयानका क्रममा उनले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

प्रहरी स्रोत पलले सरकारी वकिललाई दिएको बयान उद्धृत गर्दै भन्यो,“हामी सुटिङमा क्रममा यहाँ भेटिएका हौं । राति सुत्ने बेला म गुडनाइट भन्न ती गायिकाको ढोकासम्म पुगेको हुँ । जबर्जस्ती गरेको होइन ।”

उनले आफू र आफूविरुद्ध उजुरी दिने गायिकाको कोठा भने सँगसँगै रहेको बताएका छन् ।