Tue Jun 28 2022
देश

प्रकाश सपुतलाई रञ्जीत तामाङको चुनौतीः खुलेआम राजनीतिमा आएर प्रतिस्पर्धा गर्नुस्

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यतिबेला तातिएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जीत तामाङले सुपतलाई खुलेआमा राजनीतिमा आउन चुनौती सकेत दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘कसैको उक्साहटमा माओवादीविरुद्ध प्रयोग हुनुभन्दा खुलेआमा राजनीतिक प्रतिस्पर्धामा आउन आग्रह छ । परिवर्तनका लागि मृत्युसँग मुकाबिला गरेका हाम्रा कमरेडहरु त्यति निच जिवन बिताइरहेका छैनन्, बरु एक छाक खाएका छन्, एकधरो कपडा लाएका छन् तर स्वाभिमान, नैतिकता र आत्मसम्मान गुमाएर जिउँदै मरेका छैनन ।’

उनी उक्त गीत ‘पिर’ शीर्षमा कथाकारको अर्धचेत, अल्पज्ञानको उपज भएको बताएका छन् ।

यो गितबाट माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन् भने माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन् ।

उक्त गीत माओवादी जनयुद्ध र महिला जनमुक्ति सेनाहरुलाई अपमानित गरेर बनाइएको भन्दै गीत हटाउन पर्ने उनको माग छ ।