काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नाराबाजी गरेको छ ।
गएको भदौदेखि नै संसदमा नाराबाजी गर्दै अवरोध गर्दै आएको एमालेले आजको बैठक पनि हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गरेका छन् ।
एमालेकै सांसद भीम रावलले भने बोल्ने समय मागेर अमेरिकी सहायता एमसीसी सम्झौता पास भएकोमा विरोध गरेका छन् ।
यस्तै दार्चुलामा भारतले महाकालीको धार नै परिवर्तन गरेको र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता विपरीत थिचोमिचो गरेको भन्दै नेता रावलले आपत्ति जनाएका छन् ।
भारतको हस्तक्षेपविरुद्ध सरकारले कुनै प्रतिक्रिया र विरोध नगरेको भन्दै उनले सरकारको चर्को आलोचना समेत गरेका छन् ।