Sun Jun 26 2022
देश

दुधौलीमा जन्ती बोकेको टिपर पल्टिँदा दुईको मृत्यु‚ २४ घाइते

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका(५ मा जन्ती चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु र २४ जना घाइते भएका छन्।

आइतवार राति सवा ८ बजे वाणेगाउँबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा कटारी नगरपालिका-२ का १९ वर्षीय दीपेन्द्र कुँवर र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

दुर्घटनामा घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बेहुला र बेहुली भने अर्को गाडीमा रहेको बताइएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच, सिरहाको नरहागाँउपालिका-३ खोरियाटोलस्थित चोहर्वा-सिरहा सडकखण्डमा आइतवार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्। धनुषाको कमला नगरपालिका-१ का २२ वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।