जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा सुरक्षा र शिक्षक माग राख्दै विद्यार्थीको आन्दोलन

पाकिस्तानमा सुरक्षा र शिक्षक माग राख्दै विद्यार्थीको आन्दोलन

इस्लामाबाद— पाकिस्तानको मामोन्ड तहसीलमा रहेको सरकारी डिग्री कलेज, बरखोलजोका विद्यार्थीहरूले सुरक्षा र शिक्षकको अभावको विरोधमा प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले उमरी—सेवाई सडक एक घण्टाभन्दा बढी अवरुद्ध पारेका छन् । मामोन्ड तहसीलमा १,५०० भन्दा बढी विद्यार्थी अध्ययनरत एक मात्र डिग्री कलेज भएको विद्यार्थीले बताएका छन् ।

उनीहरूले कलेजमा कुनै सुरक्षा प्रबन्ध नभएको आरोप लगाएका छन्, जसले विद्यार्थी र शिक्षकहरूमा डर पैदा गरेको डनले पत्रिकाले उल्लेख गरेको छ।

अलि रहमान, लुक्मान खान, रियाज खान र अन्य विद्यार्थी नेताहरूलाई जिल्ला प्रशासन र प्रहरीका उच्च अधिकारीहरूले गत नोभेम्बरमा कलेजमा प्रहरी तैनाथ गर्ने वाचा गरेपनि अझै सम्म कार्यान्वयन हुन सकेको छैन् ।

यद्यपि, विद्यार्थी नेताहरूले जिल्ला प्रशासन र प्रहरीलाई थप ढिलाइ नगरी जिल्लाका अन्य कलेजहरू जस्तै आफ्नो कलेजमामा प्रहरी तैनाथ गर्न आग्रह गरेको, डनले पत्रिकाले उल्लेख गरेको छ ।

उनीहरुले कलेजबाट भर्खरै भएका विभिन्न शिक्षकको सरुवामा चिन्ता व्यक्त गर्दै ती रिक्त दरबन्दी प्रायः भरिन नसक्दा शिक्षकको बारम्बार सरुवा गर्ने कार्य स्वीकार्य नभएको बताए ।

थप रूपमा, उनीहरूले कलेजले पहिले नै शिक्षकको अभावको सामना गरिरहेको गुनासो गरे । उनीहरुको मागपछि अतिरिक्त सहायक आयुक्त फैज मोहम्मदको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको टोलीले विद्यार्थीहरुलाई भेटेर उनीहरुको माग तत्काल सम्बोधन गर्ने आश्वासन दिएपछि विद्यार्थीहरुले सडक अवरुद्ध गर्न छोडेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका