जोडिनुहोस
  • होमपेज
  • जाजरकोट भूकम्पः १२ जिल्लाका ३५ हजारभन्दा बढी घरमा क्षति, कहाँ कति ?

जाजरकोट भूकम्पः १२ जिल्लाका ३५ हजारभन्दा बढी घरमा क्षति, कहाँ कति ?

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट १२ जिल्लाका विभिन्न स्थानमा गरी ३५ हजारभन्दा बढी घरमा क्षति भएको छ । सरकारले गरेको अध्यावधिक विवरणअनुसार भूकम्पले १७ हजार ७९२ वटा घर पूर्ण रूपमा र १७ हजार ५२९ घरमा आंशिक क्षति र्पुयाएको हो। जसमा सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण रूपमा क्षति भएका छन् भने ९९६१ घरमा आंशिक क्षति पुगेको छ ।

जाजरकोटमा १ हजार १७० घर पूर्ण क्षतिग्रस्त छन् भने ७ हजार १६६ वटामा आंशिक क्षतिको लगत संकलन भएको छ । यस्तै भूकम्पबाट सल्यानमा २५ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ९७ घरमा आंशिक क्षति पुगेको छ । यसैगरी रोल्पामा १७ घर पूर्ण रूपमा भत्किएका छन् भने ८३ घरमा आंशिक क्षति पुगेको छ ।

भूकम्पले जुम्लामा पनि ५ घर पूर्ण रूपमा क्षति भएका छन् रुकुम पूर्वमा २ घर तथा दैलख, बैतडी र कालीकोटमा १र१ घर पूरै ध्वस्त भएका छन् । भूकम्पले रुकुम पूर्वमा १८२ घरमा आंशिक क्षति पुगेको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै प्युठानमा ३१, दाङमा ७ तथा दैलेख र नवलपरासी पूर्वमा १र१ घरमा भूकम्पले आंशिक क्षति पुगेको छ । जाजरकोट केन्द्रबिन्दु भएर यही कात्तिक १७ गते गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएका क्षतिको विवरण संकलन जारी रहेको सरकारले जनाएको छ ।

गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पबाट भएका क्षतिबारे प्रभावित जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी छ । जसअनुसार भूकम्पमा परी अहिलेसम्म १५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेको संख्या ३६३ पुगेको छ । भूकम्पका कारण सबैभन्दा बढी जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ । यसपछि रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको मंगलबार बिहान सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।

तथ्यांकअनुसार घाइते ३६३ मध्ये सबैभन्दा बढी रुकुम पश्चिममा २ सय जना छन् भने जाजरकोटमा १४५ जना घाइते भएका छन् । यस्तै भूकम्पमा परी जुम्लामा ६, दैलेख, बैतडी र प्युठानमा ३—३ जना, सल्यानमा २ जना तथा कालिकोट र रोल्पाका १—१ जना घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका