Sun Jun 26 2022
देश

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका– ५ सितापुरी राजमार्गमा ठक्कर दिदा अन्दाजी ३२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको सनाखत हुन सकेको छैन । सोमबार बेलुकी साढे ७ बजे लु १ ख ८८३६ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।