Mon Jun 27 2022
अन्तर्राष्ट्रिय

साउदी विदेशमन्त्री र परराष्ट्रमन्त्रीबीच मृत्युदण्ड सुनाइएका नेपालीलाई आम माफी दिने विषयमा छलफल हुँदै

काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता सुरु भएको छ ।

सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आएका विदेशमन्त्री अल साउद र परराष्ट्रमन्त्री खड्काबीच छलफल भएको हो ।

दुई मन्त्रीबीच नेपाल साउदी अरबिया सम्बन्ध, साउदीमा कार्यरत नेपाली कामदारको समस्या, साउदीले दुई नेपालीलाई सुनाएको मृत्युदण्डको सम्बन्धमा आममाफि दिने विषयमा छलफल भइरहेको छ ।

नेपालस्थित साउदी राजदूतावासले परराष्ट्र मन्त्रालयलाई गत मार्च ११ मा कूटनीतिक नोट पठाएर ग्रिटिस भिसा उपलब्ध गराउन आग्रह गरेको थियो । उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

परराष्ट्र मन्त्रालयले विदेशमन्त्रीको भ्रमणमा संलग्न प्रतिनिधिमण्डल तथा उनको भ्रमणमा प्रयोग हुने विशेष विमानका चालक दलका सदस्यलाई ‘ग्राटिस भिसा’ (निशुल्क) उपलब्ध गराएको थियो ।