काठमाडौं । नेपाल र साउदी अरबबीच जनरल को अप्रेसन एग्रिमेन्ट (सहयोग सम्झैता) मा हस्ताक्षर भएको छ ।
मंगलबार विहान सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशीमन्त्री फैसल विन फरहान अल साउदलेले हस्ताक्षर गरेका हुन् ।
सोमबार नेपाल भ्रमणको सिलसिलामा साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार साउद सोमबार काठमाडौं आइपुगेका हुन् । उनले मंगबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।