Tue Jun 28 2022
अन्तर्राष्ट्रिय

रूस–युक्रेन द्वन्द्व १९औं दिन पुरा, युक्रेनीको जीवन झन् कष्टकर 

एजेन्सी । रूस–युक्रेन द्वन्द्व सुरु भएको आज १९औं दिनसम्म आउदा युकेनमा नराम्रोसँग प्रभावित भएको छ । युक्रेनीहरू सुरक्षित स्थान खोज्दै छिमेकी मुलुकहरू प्रवेश गर्न थलेका छन् ।

युक्रेनमाथि रुसले हमला गरेसँगै सर्बसाधारण युक्रेनीको जीवन त कस्टकर नै बनेको छ , तर युद्धको असरमा रुसमा पनि गहिरो देखिएको छ

युद्धले गर्दा दुवै देशको स्थिति नाजुक बनेको छ । युक्रेनमा खाद्यसंकट बढेसँगै विभिन्न देशले खाद्य सहयोग बढाइरहेका भएता पनि महँगी र संकट झन् बढ्दै गएको छ ।
तेस्रो पटकसम्मको शान्तिवार्ता विनानिष्कर्ष टुंगिएको छ । रूस विरुद्ध लड्न युक्रेनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ भने रूस एक्लै लड्ने बताइरहेको छ । अहिलेसम्म द्वन्द्व रोक्ने कुनै पनि प्रयास भएको छैन ।

यता, युक्रेनको युद्धको विरोधमा एउटा रुसी समूह खुलेरै सडकमा उत्रिएको छ भने अधिकांश मानिस मंहगी र अभावसँग जुधेका छन् ।