Fri May 20 2022
मुख्य खबर

नेपाल– भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सकियो

काठमाडौं – नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सकियो

काठमाडौं । नेपाल-नेपाल डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक बसेको छ।

भारतका तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक श्री सुशील चन्द्र आचार्यको सह(अध्यक्षतामा २५ फागुनदेखि २९ गते सम्म काठमाडौंमा बैठक बसेको हो।

फाल्गुण ३० गते दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिए।

संयुक्त समितिले भारत(नेपाल सीमाका विभिन्न स्थानहरूको पनि स्थलगत भ्रमण गरेको थियो। सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्रभित्र पर्दछ।

समितिले सीमा क्षेत्रमा पर्ने नदीहरूको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गरेको छ। २५ फागुनदेखि २८ गतेसम्म भएको स्थलगत भ्रमणपछि समितिको बैठक २९ गते काठमाडौंमा बसेको थियो।