Thu May 19 2022
मुख्य खबर

युक्रेनको लिभ सहरमा रुसद्वारा ६ मिसाइल प्रहार

एजेन्सी – शुक्रबार रुसले युक्रेनको लिभ सहरमा ६ वटा मिसाइल प्रहार गरेको छ। युक्रेनको सैनिकले दिएको जानकारीअनुसार काला सागरबाट रुसले ६ वटा क्रुज मिसाइल प्रहार गरेको हो। जसमध्ये दुईवटा मिसाइल खसालिएको युक्रेनको सेनाले बताएको छ।

लिभका मेयरले उक्त मिसाइल लिभको विमानस्थलनजिकै हवाई मर्मत केन्द्रमा खसेको बताएका छन्।

उनका अनुसार यसअघि नै उक्त केन्द्रको काम बन्द भएकाले आक्रमणमा कुनै मानवीय क्षति भने भएको छैन। शुक्रबार स्थानीय समयअनुसार विहानैदेखि लिभ सहरका विभिन्न स्थानमा विष्फोटको आवाज सुनिएको थियो।

त्यस्तै लिभको पश्चिमी क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलतर्फबाट धुवाँको मुस्लो आइरहेको देखिएको थियो।