काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ३ हजार ९ सय ९६ जना रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९२ जना निको भएका छन् भने संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ६२ हजार १ सय ७३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५० जनाले ज्यान गुमाइसकेका छन् ।