जोडिनुहोस
  • होमपेज
  • नियन्त्रणमा लिइयो भक्तपुरमा भेटिएको चितुवालाई

नियन्त्रणमा लिइयो भक्तपुरमा भेटिएको चितुवालाई

काठमाडौं। भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरमा देखिएको चितुवालाई नियन्त्रणमा लिइएको छ ।

शुक्रबार बिहान २ महिलालाई आक्रमण गरी प्रविण पेट्रोल पम्पपछाडि २ घरको चेपमा बसेको चितुवालाई पौने १२ बजे नियन्त्रणमा लिइएको प्रहरी परिसर भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

चितुवाको आक्रमणबाट सोही स्थानमा बस्ने ६५ वर्षीया अमृता कँडेल र २२ वर्षीया संगिता आलेमगर घाइते छन् । घाइतेहरूको मध्यपुर अस्पतालमा उपचार भइरहेको डीएसपी पाठकले जानकारी दिए ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका प्राविधिक टोली बोलाइएको थियो । वन कार्यालयको टोली बिहान पौने ९ बजे चितुवा लुकेर बसेको स्थानमा पुगेको थियो ।

चितुवालाई नियन्त्रणमा लिन चार पटक डार्ट हानिएको डिभिजन वन कार्यालय काठमाडौंका सूचना अधिकारी तथा वन अधिकृत अशोक पराजुलीले जानकारी दिए ।

‘चितुवा पनि ठूलो थियो। दुईवटा घरको चेपमा बसेकाले डार्ट गर्न अप्ठ्यारो थियो,’ सूचना अधिकारी पराजुलीले भने ।

उनका अनुसार चार पटक डार्ट हानेपछि चितुवा नियन्त्रणमा आएको हो। घरको छतबाट डार्ट गरिएकाले पहिलो डार्ट चितुवालाई नलागेको उनले बताए। कार्यालयका पशु चिकित्सक डा। आशुतोष भट्टले डार्ट हानेका थिए ।

पहिलो डार्ट नलागेपछि त्यसपछि तीनवटा डार्ट हानेपछि चितुवा बेहोस भएको थियो । चितुवालाई सदर चिडियाखानामा राखिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका