Fri May 20 2022
देश

न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको आह्वानमा न्याय सेवा आयोगको बैठक बस्दै छ।

आयोगका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश कार्कीले आइतबार दिउँसो १ बजे बस्ने गरी आयोगको बैठक बोलाएका हुन्।

न्यायसेवाका कर्मचारीहरुको सरुवा बढुवालगायत विषयमा छलफल गर्न आयोगको बैठक बोलाइएको जनाइएको छ।