Wed May 18 2022
मुख्य खबर

एमालेसँग गठबन्धनको सम्भावना छैन : नेता भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.वेदराम भुसालले एमालेसँगको कुनै गठबन्दनको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

आज धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले यस्तो बताउनुभएको हो ।

एमाले सरकारमा हुँदा केपी शर्मा ओलीले संविधानलाई कुल्चीएर संसद विघटन गरी नेपाली जनतालाई अध्यारोमा धकेलेको तानाशाही शासन संविधान विपरीत काम गरी इतिहास कायम गरेको पार्टीसँग आफ्नो पार्टीले सहकार्य नगर्ने उहाँले बताउनुभयो ।

एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको उनले दावी गर्नुभयो । एमालेसंग राप्रपा नेपालका अध्यक्ष कमल थापा बाहेक अन्य कुनै दलको सहकार्य हुन नसक्ने उहाँले दावी गर्नुभयो ।

भुसालले तत्काल माओवादीसंगपनि एकता हुन नसक्ने स्पस्ट पार्नुभयो । माओवादीसंग कार्यगत एकता हुने तर एकताको सम्भावना नरहेको उनले बताउनुभयो ।

देशमा रहेका साना पार्टी तथा समुहहरु समाजवादीमा समाहित भइरहेको र धेरै पार्टीहरुसंग छलफलपनि चलेको उहाँले बताउनुभयो । साना र बिचार मिल्ने दलहरुलाई एकताबद्ध गर्ने कार्यमा आफ्नो पार्टी लागिरहेपनि ठुला दलसंग तत्काल एकता गर्ने कुरा नचलेको भुसालको भनाई थियो ।