जोडिनुहोस
  • होमपेज
  • एनआरएनए नेता टीबी कार्कीलगाएत २२ जना ४ लाख ९२ हजारसहित जुवाखाल बाट पक्राऊ

एनआरएनए नेता टीबी कार्कीलगाएत २२ जना ४ लाख ९२ हजारसहित जुवाखाल बाट पक्राऊ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का एक नेतासहित २२ जनालाई प्रहरी प्रभाग स्वयम्भुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर स्थायी घर भई कतार बस्ने एनआरएनए अभियन्ता टेक बहादुर कार्की (टीबी) पनि रहेको प्रहरी स्रोतले जनाएको छ । कार्की एनआरएनएका पूर्व उपाध्यक्ष,पुर्व सल्लाहकार एबं एघारौ अधिवेसनको निर्वाचन समितीका सदस्य रहिसकेका व्यक्ती हुन । उनीलगाएतका ब्यक्तिहरु स्वयम्भू क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन ।

हाल कार्कीलाई प्रहरी बृत्त स्वयम्भुको हिरासतमा राखिएको छ भने यसअघि पनि उनी यस्तो प्रकरणमा पक्राउ परेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार कार्कीले हाल एमालेका नेता र प्रहरी हाकिमहरुको पावर लगाउँदै प्रहरीबाट छुट्ने प्रयास गरिरहेका छन । तर, मिडियामा सोमबार हल्लाखल्ला भएपछी र समाचार प्रकाशित भएपछी प्रहरीले उनलाई छाड्न सकेको छैन । अहिले बाहिर हल्ला भएकाले पक्राऊ परेकाहरु तिहारभर प्रहरी खोरमै हुने देखिएको छ भने उनिहरुलाई जुवा एनअन्तर्गत कार्वाही हुने जनाईएको छ ।

एनआरएनएको ११ औँ महाधिवेशनमा विवादका बीच निर्वाचन समितिका सदस्यको नाताले कार्कीले नै बद्री केसीलाई शपथ दिलाएपछी एनआरएनए अभियन्ता नै भए पनी उनी विवादमा तानिएका थिए । कार्कीले पुर्व अध्यक्ष बद्री केसी समुहसँग आर्थिक साठगाठ गरेर निर्वाचन समितीका अन्य सदस्यले निर्वाचनमा धाधलि भएको भन्दै बहिस्कार गर्दा पनि र पुर्व अध्यक्षहरुले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै महाधिवेसन र निर्वाचन स्थगित गराउदा पनि जवरजस्ती केही पदाधिकारीको सपथ खुवाएका थिए । उनले निर्वाचन समितीलाई मिलाउने भन्दै केसी समुहबाट करोडौ रकम लिएको र तेही रकमले अहिले जुवा खेलेको एनआरएनए स्रोतले दावी गर्यो ।

जुवाको खालबाट केही अन्य हाइप्रोफाइल व्यक्तिहरु पनि पक्राउ परेका छन । एनआरएनएका पुर्व उपाध्यक्ष कार्की र एनआरएनए स्विजरल्यान्डका सँस्थापक संजय मुडवरी सहित २२ जना पक्राऊ परेका छन ।

यस्तै नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन । सबै गरी जम्मा २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीको ठुलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दवाव आइरहेको बताइएको छ ।

प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाइप्रोफाइल भएकैले छाड्न तीव्र दवाव आइरहेको ती अधिकारीको भनाइ छ । उनले हाइप्रोफाइल भनिएका सबै व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन । पक्राउ पर्नेमा प्रहरी हाकिमहरुका आफन्त समेत पनि रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका