जोडिनुहोस
  • होमपेज
  • शुरु भयो बालगोपालेश्वर मन्दिरमा भाइटीका

शुरु भयो बालगोपालेश्वर मन्दिरमा भाइटीका

काठमाडौं – दिदीबहिनी नहुनेहरुले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन् । दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

तिहारको मुख्य दिन आज भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्दछन् । भाइटीकाको शुभ साइत १०ः५१ बजे भएपनि बालगोपालेश्वर मन्दिर बिहानै खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका