Tue May 17 2022
मुख्य खबर

त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदो

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुककै ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री भुसालले यस्तो धारणा व्यक्त गरेकी हुन् ।

उनले विश्वविद्यालय सम्बद्ध पक्षले गम्भीर समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रहसमेत गरिन् ।

उनले निजी शिक्षण संस्थाले नाफा कमाउने, विद्यार्थीको आकर्षण पनि हुने तर त्रिभुवन विश्वविद्यालय किन विद्यार्थी कम र घाटामा रु भन्ने प्रश्न गरिन् ।

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले गम्भीर भएर जवाफ दिनुपर्ने बताइन।

गोरखापत्र दैनिकमा खबर छ ।