जोडिनुहोस
  • होमपेज
  • जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको एजेण्डा सगरमाथा केन्द्रित

जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको एजेण्डा सगरमाथा केन्द्रित

काठमाडौं । यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) हुने भएको छ । उक्त सम्मेलनलाई नेपालले अवसरको रुपमा लिएर नेपालले जलवायु परिवर्तनबाट परेको प्रभावका बारेमा आफ्ना एजेण्डा गहन रुपमा प्रस्तुत गर्ने जनाएको छ ।

वन तथा वातवरण मन्त्रालयका सहसचिव बुद्धि पौडेलका अनुसार जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा जलवायु परिवर्तनका कारण परेका असर र प्रभावका बारेमा रोडम्याप बनाएर प्रस्तुत गर्ने तयारी रहेको छ ।

जलवायु परिवर्तनसम्बन्धी कोपमा भाग जाने क्रममा नेपालले तीन, चार किसिमको तयारी गरेको पौडेलले बताए । उनले नेपालको सिस्टमेटिकल्ली रोडम्याप नै बनाएर जाने तयारीका साथ रोडम्याप बनाएको बताए । उनका अनुसार एउटा पोजिसन पेपरमा नेपालले कुन विषयलाई प्राथमिकता दिने भन्ने तयारी गरेको छ । नेपालले पेपरमा टिपोट गरेको कुरालाई सामुहिक रुपमा आवाज उठाउने उनको भनाइ छ । यस्तै उक्त जलवायु परिवर्तनसम्बन्धि सम्मेलनमा इन्क्लुसिभ टिम र इफेक्टिभ टिम जाने तयारी भएको उनले बताए ।

औपचारिक कार्यक्रमबाहेक पनि अन्य कार्यक्रममा एक्लाएक्लै भेटवार्ता गरी जलवायु परिवर्तनका असरका बारेमा नेपालका समस्या बुलन्द गर्ने उद्देश्य नेपालको रहेको छ । सोही अनुसार हिमालको समस्याका बारेमा पनि जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा आवाज उठाउने तयारी रहेको छ। विश्वको अग्लो शिखर सगरमाथामा अहिले जलवायु परिवर्तनका कारण निकै ठूलो क्षेती पुग्न थालेको छ ।

हिमालको विषयमा सबै देशका नागरिक मिलेर उक्त सम्मेलनमा आवाज उठाउन सकिने पौडेलले बताए । अब समयमा नै हिमालमा देखिएका समस्या न्युनीकरण गर्न सकेको अवस्थामा हिमालको अस्तित्व जोगाउन सकिन्छ । त्यसका लागि नेपालले उक्त सम्मलेनमा गहन कुरा राख्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका