Sat May 21 2022
मुख्य खबर

एमाले परित्याग गर्ने लहर चलेको माधव नेपालको दाबी

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिन थालेको बताएका छन् ।

काठमाडौँमा आज भएको बृहत् महिला भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिएको बताएका हुन् ।

उनले नेकपा एमाले परित्याग गर्ने लहर नै चलेको दाबी पनि गरेका छन् ।

आफूहरू आफ्नै शक्ति लगाएर अगाडि बढ्ने भन्दै उनले विचार मिल्नेसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

अध्यक्ष नेपालले एकल महिला, अपाङ्ता भएकालगायतलाई भत्ता दिने काम आफ्नो पालामा भएको पनि दाबी गरे ।

उनले महिला हिंसा बढेकोप्रति चिन्ता व्यक्त गर्दै यसविरुद्ध खबरदारी र सचेत गराउने काम पार्टीले गर्ने प्रतिबद्धता जनाएका थिए ।